१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश–२ मा बढ्दै संक्रमित



अ+ अ-

काठमाडौं । बारा र पर्सामा थप तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको सख्या ५७ पुगेको छ । बाराका दुईजना र पर्साका एकजना गरेर तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तीनैजनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो ।

बीरगञ्जका ४६ बर्षीय पुरुष र बाराका २६ र ४३ बर्षीय पुरुषमा संक्रमण पोजिटिभ पाइएको जानकारी उनले दिए । वीरगन्ज इनार्वाका ४६ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए । उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी भएको खुलेको मन्त्रालयले जानकारी दिएको छ । ‘कन्ट्रयाक्ट ट्रेसिङ’पछि कोरोना संक्रमण पुष्टि भएका बाराका दुवै जना प्रहरी निगरानीमा भए पनि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको थिएन । ४९ दिनअघि नेपालको सप्तरी र भारतको दिल्लीमा भएका धार्मिक सम्मेलनमा सहभागी भई उनीहरु घर फर्किएका थिए ।

‘धार्मिक कार्यक्रम सकेर आएको ४९ दिनपछि उनीहरुमा कोरोना पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘बिहीबार काठमाडौंबाट स्वास्थ्य टोली आउँदैछन, परीक्षणमा के हुन्छ त्यसपछि सिल गर्ने/नगर्ने टुंगो लाग्छ ।’ तबसम्म टोल समुदायलाई सचेत पार्दै सुरक्षा निगरानी बढाइएको उनले बताए । वैशाख १४ मा वीरगन्ज–१६ इनर्वाका ५५ बर्षीय एकजनामा संक्रमण भएको पुष्टि भएपछि उनैको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ को आधारमा बाराका यी दुईलाई जीतपुरसिमरा उपमहानगरको क्वारेन्टाइनमा लगिएको थियो । त्यहींबाट निकालेर लगिएको स्वाबको नमुना परीक्षण गर्दा दुवैमा कोरोना पोजिटिभ देखियो । उनीहरुलाई क्वारेन्टाइनमा लगेको चौथो दिनमा संक्रमण पुष्टि भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित आफ्नै घरमा परिवारसित बस्दै आएका ४३ बर्षीय र सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर घर भई जीतपुरसिमरा–१९ कै इनर्वासिरास्थित एक मस्जिदमा बस्दै आएका ३१ बर्षीय मौलानामा संक्रमण देखिएको हो । मस्जिदमा बस्दै आएका मौलाना मुस्लिम समुदायका बालबालिकालाई पढाउँथे । लकडाउन सुरु भएपछि बालबालिकालाई छुट्टी दिएर उनी आफ्नो एक चेलाको साथमा बस्थे । घरघरबाट पालैपालो ल्याएर उनै चेलाले खाना खुवाउने गरेका थिए । १५ बर्षीय ती चेलालाई पनि प्रहरीले क्वारेन्टाइनमा लगेको छ । यसैगरी घरमा बस्दै आएका ४३ बर्षीयका परिवारका सात जनालाई प्रहरीले बुधबारै क्वारेन्टाइन पु‍र्याएको छ । सौर्य दैनिक