२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठकमा ईश्वर पोखरेलको फरक मत : विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी सचिवालय बैठकमा फरक मत राख्नुभएको छ । उहाँले राखेको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने उल्लेख छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेको फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयलाई समेटिएको छ । केन्द्रीय कमिटीको बैठकमा छलफलको कार्यसूची समेत नराखी पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गर्ने विषय खारेज गरेकोमा उहाँले आपत्ति जनाउनुभएको छ ।

पोखरेलले पूर्व राष्ट्रपति भण्डारी पार्टीमा जोडिनु कुनै दृष्टिले नेपाली जनताका लागि नोक्सानीदायक कुरा नभएकाले यो विषयलाई सच्याउन माग गर्नुभएको छ ।