३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : जसपा अध्यक्ष यादव



अ+ अ-

सर्लाही। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ ।

आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले २०–२५ फिटमा पानी भेटिन्थ्यो, तर अहिले ३००–४०० फिट तल जानुपर्छ । जल, जङ्गल र जमिन बचाउनसके मात्र मधेस बच्छ ।”

यादवले सरकार मधेसमा अवैध बस्ती बसाल्ने योजनामा लागेको र भूमिहीनका नाममा मधेसको जमिन हडप्ने प्रयास भइरहेको आरोपसमेत लगाउनुभयो । भूमि विधेयकविरुद्धको आफ्नो विरोध पनि मधेसको भूमिको रक्षा गर्ने उद्देश्यका लागि भएको उहाँको भनाइ छ ।

पर्यावरण संरक्षणबारे सचेत रहन मधेसी जनतालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “चुरे विनाश रोकिएन भने मधेस मरुभूमि बन्ने खतरा बढ्दो छ ।”रासस