४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा



अ+ अ-

कैलाली। यहाँको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले सडकमै वडा कार्यालय सञ्चालन गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

वडाध्यक्षहरूले एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाले सडक निर्माणमा चरम लापरबाही गरेकाले सांकेतिक विरोधस्वरुप वडा कार्यालय सडकबाट सञ्चालन गरेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताउनुभयो ।

उहाँले दुई दिनभित्र सुनुवाई नभए अत्तरिया चौराहामा विरोधका कार्यक्रम गरिने चेतावनी दिनुभयो । आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् । वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोट, गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट सहभागिता जनाएका थिए ।

प्रदेश गौरवको आयोजना चौकीडाँडा–फल्टुडे सडक अन्तरगत सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्म दुई हजार २०० सय मिटर सडक २०७७ भदौ १८ गते सो कम्पनीलाई ठेक्कामा दिइएको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेखालसम्म तीन किलोमिटर कालोपत्र गर्न २०७९ चैत १८ गते तेडी निर्माण सेवासँग सम्झौता गरिएको थियो । उक्त सम्झौताअनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पूरा छैन । रासस