२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा



अ+ अ-

कैलाली। यहाँको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले सडकमै वडा कार्यालय सञ्चालन गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

वडाध्यक्षहरूले एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाले सडक निर्माणमा चरम लापरबाही गरेकाले सांकेतिक विरोधस्वरुप वडा कार्यालय सडकबाट सञ्चालन गरेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताउनुभयो ।

उहाँले दुई दिनभित्र सुनुवाई नभए अत्तरिया चौराहामा विरोधका कार्यक्रम गरिने चेतावनी दिनुभयो । आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् । वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोट, गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट सहभागिता जनाएका थिए ।

प्रदेश गौरवको आयोजना चौकीडाँडा–फल्टुडे सडक अन्तरगत सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्म दुई हजार २०० सय मिटर सडक २०७७ भदौ १८ गते सो कम्पनीलाई ठेक्कामा दिइएको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेखालसम्म तीन किलोमिटर कालोपत्र गर्न २०७९ चैत १८ गते तेडी निर्माण सेवासँग सम्झौता गरिएको थियो । उक्त सम्झौताअनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पूरा छैन । रासस