काठमाडौ: केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन )ले सरकारले सामाजिक सञ्जाल मार्फत कटाक्ष गरेका छन् ।
मेयर साहले भोलिबाट सपनामै भेट होला भन्ने स्टाटस राख्दै कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्:
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको घोषणा गरेलगत्तै प्रमुख शाहको यो कविता आएको हो।










