१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

प्रधानमन्त्री ओली हिमालय एअरलाइन्स्‌बाट स्वदेश फिर्ता

प्रधानमन्त्री ओली हिमालय एअरलाइन्स्‌बाट स्वदेश फिर्ता
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा चीन गएको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल हिमालय एअरलाइन्स्‌को विमानबाट नेपाल फर्किएको छ । एयरबस ३२० (Registration: 9N-ALW) बाट प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय टोली गएराति स्वदेश फर्किएको हो ।

चीनको थियानजिन सहरमा आयोजित २ दिन शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी भई प्रतिनिधिमण्डल नेपाल फर्किएको हो ।

यो भ्रमणमा प्रधानमन्त्रीज्यूसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, संसद सदस्यहरू र विभिन्न मन्त्रालयका वरिष्ठ सरकारी अधिकारीहरू सहभागी थिए ।

प्रधानमन्त्री र प्रतिनिधिमण्डललाई स्वागत गर्न हिमालय एअरलाइन्स्‌का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । विमान बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट १८.२१ बजे (चीनको स्थानीय समय) प्रस्थान गरी नेपाली समयानुसार २१:२७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण भयो ।

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्स्‌को राष्ट्र सेवाप्रतिको १० वर्षको समर्पण र देशको यस्ता महत्त्वपूर्ण उडान सफलतापूर्वक संचालन गर्न सक्ने क्षमताको पुष्टि गरेको छ । एअरलाइन्स्‌ले आफूलाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा स्थापित गरेको दाबी गरेको छ ।