२८ मंसिर २०८२, आईतवार
,
Latest
भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी सन्दीप लामिछानेले बीपीएल खेल्ने सन्तोष चालिसेविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश आगलागीमा परी वृद्धको मृत्यु कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान



अ+ अ-

काठमाडौँ । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।