२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

आजको राशिफल – २०७८ पुस २१ गते, बुधबार

आजको राशिफल – २०७८ पुस २१ गते, बुधबार
अ अ+ अ-

२०७८ पुस २१ गते, बुधवार, ५ जनवरी २०२२। पाैष शुक्लपक्ष तृतीया तिथि, १८ः३२ बजेदेखि चतुर्थी। श्रवण नक्षत्र, १२ः४२ बजेदेखि धनिष्ठा। चन्द्रराशि– मकर।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ।   

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई सुरुमा बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। भेटघाट र भोजनको आनन्द प्राप्त हुनेछ। तर अवसर आए पनि काममा पछि परिएला। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। (उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ )