१३ असार २०८३, शनिबार
,
Latest
अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो बैठकमै गभर्नरलाई असहयोग सुरू, माइन्यूटमै भयो केरमेट !



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीको नियुक्ती भएको एक महिना पुग्दैछ । तीसवर्ष अघिको जनआन्दोलन दिन अर्थात् चैत २४ गते नियुक्त अधिकारीले भोलीपल्टै कार्यभार सम्हाले । उनी चारवर्षअघि बैंकको डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका थिए । पछिल्ला गभर्नर चिरञ्जीवी नेपालको अवधि सकिनु अघिनै नयाँ गभर्नरको दौडमा धेरैजना थिए । तर, सबैलाई पछिपार्दै अधिकारीले बाजी मारिदिए । दौडमा बैंकका डेपुटी चिन्तामणि सिवाकोटी र सञ्चालक सुवोध कुमार कर्ण पनि थिए । अधिकारी र कर्ण दुबैजना चार्टर्ड एकाण्टेण्ट समेत हुन् ।

चार्टर्ड एकाउण्टेण्टको हिसाबले कर्ण आफूलाई वरिष्ठ ठान्दछन् भने सिवाकोटी वरिष्ठ डेपुटी गभर्नर छँदैछन् । गभर्नर बन्न नपाएको तुष सञ्चालक समितिको पहिलो बैठकमै देखिएको स्रोतको दाबी छ । चैत २५ गते समितिका सचिवले सोही दिन अपरान्ह साँढे चारबजे बैठक बोलाइएको सूचना बिहानै पठाए । नयाँ गभर्नरको स्वागत सम्बन्धी एकमात्र एजेण्डामा बैठक शुरु भयो । बधाई आदान प्रदानसँगै बैठक एक घण्टामै सकियो । सँधैझैं अन्तिममा बैठकभत्ता बाँडियो । बैठकभत्ता भरपाईको टाउकोमा बैठक बसेको समय बेलुकी सवा पाँचबजे लेखियो ।

मर्यादाक्रमको पुछारमा रहेका कर्णले भत्ता बुझ्नै लाग्दा ‘साँढे चारबजे बोलाएर सवा पाँचबजे किन लेखेको’ भन्दै उफ्रिए । आफैंले समय सच्चाएर सवा पाँचबजे लेखे, अनि दस्तखत गरे । तर, फसाद चाँही चारजनालाई पर्यो । कार्यालय समयमा बैठक बस्न मिलेपनि भत्ता बुझ्न कानुनले नदिएपछि गभर्नर, दुबैजना डेपुटी र अर्थसचिवले दस्तखत केर्दै बुझेको भत्ता फिर्ता गरे । उक्त घटनाले गभर्नरलाई पहिलो गाँसमै ढुंगा लगाउने समूहको रणनीति सफल भएको बताइएको छ ।

त्यसपछि लगत्तै बसेको सञ्चालक समितिको अर्को बैठकमा पनि ५ र १० रुपैयाँ दरका नोट चिनियाँ सुरक्षण कम्पनीमा छाप्ने विषयमा ठूलै लफडा भएको बुझिएको छ । कम्पनीसँग बैंकले गरेको पूर्व सम्झौताबमोजिम नै नोट छपाई गर्नुपर्ने अडानमा गभर्नरलगायतका सदस्य देखिए । तर, कर्ण र एकजना डेपुटीले कम्पनीको आग्रहबमोजिम सम्झौतामा संशोधन गरेर भएपनि नोट छपाई गर्नुपर्ने अन्यथा, आफूहरुले नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिए ।

बैशाख १४ गते बैंकको ६५ औं वार्षिकोत्सव कार्यक्रम कोरोनाको कारण यसपटक औपचारिक रुपमा मनाइएन । बैंकले कर्मचारीलाई वार्षिकोत्सव भत्ता दिने गरेको छ । अघिल्लो दिन भएको बैठकमा पुनः कर्ण र एकजना डेपुटीले घरमा बसेका कर्मचारीलाई यो वर्ष वार्षिकोत्सव भत्ता दिनुको औचित्य नभएको अड्डी कसे । भत्ता नदिएपछि कर्मचारीहरुको असन्तुष्टि बढ्ने र युनियनहरु त्यहि निहुँमा आन्दोलनमा जानसक्ने उनीहरुको अनुमान थियो । त्यसपछि कर्मचारी युनियनहरु र गभर्नरबीच दूरी बढ्ने आँकलनमा सञ्चालक समितिभित्रै रचिएका क्रियाकलाप गभर्नरलाई शुरुदेखि नै कर्नर पार्न खोजिएको खेल रहेको अधिकारीनिकट स्रोतको दाबी छ ।