२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी : किम र पुटिनको उपस्थितिमा शक्ति प्रदर्शन-फोटो फिचर

चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी : किम र पुटिनको उपस्थितिमा शक्ति प्रदर्शन-फोटो फिचर
अ अ+ अ-

बेइजिङ । चीनले दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा आज विशाल सैन्य परेड आयोजना गरेको छ ।

राजधानी बेइजिङमा जारी सैन्य परेडमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।

इतिहासकै सबैभन्दा ठूलो यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरूलाई बोलाएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी छन् ।

यो कार्यक्रममा चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गरेको हो ।

चीनले यस्तो विजय दिवसको अवसरमा सैन्य परेडको आयोजना गरेको यो दोस्रो पटक हो । यसअघि, १० वर्ष पहिले सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरिएको थियो ।

यो परेडमार्फत चीनले सैन्य शक्तिको भव्य प्रदर्शन गरेको छ । जसमा उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, र फाइटर जेटहरू प्रदर्शनमा राखिएका छन् ।

परेडमा जनमुक्ति सेना (पीएलए) का सयौँ विमान प्रदर्शन गरिएको छ ।

परेडमा ८० बिगुलरहरू उपस्थित छन् । जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानको पराजय भएको ८० वर्षको सङ्केत गर्छ । यसका अतिरिक्त, १ हजार भन्दा बढी सङ्गीतकार १४ लहरमा उपस्थित भएका छन् । जसले सन् सन् १९३१ मा जापानको मन्चुरिया आक्रमणपछि चीनको प्रतिरोधको प्रत्येक वर्षलाई प्रतिनिधित्व गर्नेछ ।

तियानमेन स्क्वायरमा उपस्थित दर्शकहरूलाई हरियो, रातो र सुनौलो रङका कुर्सीहरूमा बसाइएको छ, जसले क्रमश: उर्वर भूमि, जनताको बलिदान र शान्तिको प्रतीक गर्दछ ।

‘विजय दिवस’ परेडमा ४५ सैनिक टुकडी सहभागी छन् । जहाँ उनीहरू बेइजिङको तियानमेन स्क्वायरमा सीको अगाडि मार्च पास गर्नेछन् ।

फोटो -रासस र सिन्ह्वा