१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

रुपन्देही–३ उपनिर्वाचनः राप्रपाले पहिलोपटक प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने

रुपन्देही–३ उपनिर्वाचनः राप्रपाले पहिलोपटक प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि आन्तरिक प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छान्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष तथा संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा नवीन कार्ययोजनाको मोडल प्रयोग गर्ने निर्णय गर्दै यसलाई ‘नवीन अभ्यास’ को रूपमा अघि बढाउने जनाएको छ ।

यसअन्तर्गत रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएका आकांक्षीमध्येबाट आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवार छानिने छ ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रारम्भिक निर्वाचन यथाशिघ्र सम्पन्न गरिनेछ ।

त्यसका लागि आवश्यक सम्पूर्ण प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने उनले बताए ।

आन्तरिक प्रारम्भिक निर्वाचनका मतदाताहरु यसप्रकार रहनेछः
क. रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

ख. रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

ग. रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

घ. रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

ङ. रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

च. रुपन्देही जिल्ला क्षेत्र नं–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु ।

छ. २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु ।

ज. २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरु रहनेछन् ।