२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ४१ औं दिन जारी, चेकजाँचमा कडाइ



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गर्न जारी भएको लक डाउनको आज ४१ दिन पुगेको छ । 

गत चैत ११ गतेबाट सुरु भएको लक डाउन ४१ दिनसम्म आइपुग्दा लक डाउनको पूर्ण पालना भएको पाइएको छ । यद्यपी केही स्थानमा भने यसको उलंघन पनि भएको छ । विभिन्न ठाउँमा प्रहरीले चेकजाँचमा कडाई गरेपनि तरकारी बजार र मुख्य बजार भन्दा भित्री क्षेत्रमा लक डाउनको पूर्ण पालना भएको पाइएको छैन् । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँहरुमा सामाजिक दुरी पालना नभएको पाइएको छ । 

अत्यावश्यक र पासबाहक सवारीहरुको भिड पनि पछिल्लो दिनमा बढेको छ । चेकजाँचमा कडाई भएकाले पनि सवारीहरुको लामो लाइन देख्न सकिन्छ । प्रहरीले अनावश्यक रुपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । लक डाउनल २५ बैशाखसम्म घोषणा गरिएको छ ।