२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयलाई सेभ द चिल्ड्रेनको सहयोग



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । 

सेभ द चिल्ड्रेनले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ थान पीपीई सहित एन ९५ मास्क लगायतका स्वास्ग्य सामग्री उपलब्ध गराएको हो । स्वास्थ्य सामग्रीहरु मध्ये ३ सय ४३ थान पीपीई प्रदेश नम्बर २ को लागि र २ सय थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइदिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह समेत गरेको छ । बाँकी १ हजार २ सय थान पीपीई र अन्य स्वास्थ्य सामग्री भने मन्त्रालयले आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने छ । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई उपलब्ध गराएको र यसले कोरोना भाइरस महामारी विरुद्ध विजय प्राप्त गर्न आत्मबल बढाएको बताउनुभयो । उहाँले उपलब्ध स्वास्थ्य सामग्रीको पारदर्शी वितरण हुने र तोकिएको ठाउँमा छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त  गर्नुभयो ।

कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसालले बताउनुभयो । नेपालमा सेभ द चिल्ड्रेनले विगत ४० वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।