२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित
अ अ+ अ-

ललितपुर । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभामुख ईन्दिरा राना मगरलगायतका अतिथीहरुले उहाँहरु सम्मान गर्नुभएको हो ।

कार्यक्रममा हामा आइरन एन्ड स्टिल इन्डष्ट्रिज प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित हुनु भएको छ । यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रभु ईन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ ।

यसैगरी जलविद्युत प्रवद्र्धक एवम मादमे खोला हाईड्रोपावर लिमिटेडका अध्यक्ष सुसन कर्माचार्य, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, मोरङ अटो वर्क्सका कार्यकारी निर्देशक मिलनबहादुर मल्ल पनि सम्मानित हुनुभएको छ ।

 

यसैगरी न्यूजपोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल, नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक एवम प्रस्तोता शिवानी थापा बस्न्यात, ह्वाइट कोरल स्पा एकेडेमीका प्रबन्ध निर्देशक कमला गिरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिब शेरबहादुर केसी, व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी, गायक तथा संगीतकार शिव परियार पनि सम्मानित हुनुभएको छ ।

यसैगरी आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, लक्ष्मी हेयर एण्ड व्यूटी एकेडेमीका अध्यक्ष लक्ष्मी ठाकुर, नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक एवं अध्यक्ष सुकदेव कार्की, नेपाल उद्योग वाणिज्य महासंघ ‘लगानी तथा अन्तर्राष्द्रिय मामिला फोरम’का सभापति मनोज पौडेल, हिमालय एयरलाइन्सका प्रशासन व्यवस्थापक एवम क्याबिन क्रूय सिमान्त श्रेष्ठ, ओमवे टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सुरेश रिजाल सम्मानित हुनुभयो ।

 

यसैगरी एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सात विदेश नागरिक सम्मानित भएका छन । सम्मानित हुनेहरुमा चेन हुआन, अध्यक्ष, गाओकिङ काउन्टी फोटोग्राफर्स एसोसिएसन, सान्दोङ, चीन , लिङ बोफा (पाध्या), अध्यक्ष, जुबा सप्लाई एन्ड मेन्टिनेन्स कम्पनी, लि।,कम्बोडिया , मासिउर रहमान सुमोन, म्यानेजिङ डाइरेक्टर, होटल इम्पेरियल इन्टरनेसनल, बंगलादेश , मोइनुफ्रिन अहमद, प्रमुख फोटो पत्रकार, दी न्यू नेसन दैनिक, बंगलादेश , मनिमरन एएल सुपिया, संस्थापक, प्रोनेस (प्रमोसनल एसोसिएसन अफ ग्लोबल नेटवर्किङ), मलेसिया, फुन्चो डेन्डुप, प्राविधिक सल्लाहकार, श्रम विभाग, भुटान उद्योग, बाणिज्य तथा रोजगार मन्त्रालय र खुसी कार्की, मेरो डान्स विजेता, थाइल्याण्ड (सिजन १) सम्मानित हुनु भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्र अध्यक्ष दाहालले देशलाई योगदान गर्नेहरुलाई सम्मान गर्दा अझै राम्रो काम गर्न प्रेरित गर्ने बताउनुभयो । दाहालले यस्ता कार्यले सकारात्मक र नयाँनयाँ काम गर्नेहरुलाई ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “देशभित्र विभिन्न क्षेत्रमा मेहनत र निष्ठाद्वारा योगदान पुर्‍याउनेलाई गरिएको सम्मान अत्यन्तै महत्त्वपूर्ण छ, देशलाई योगदान गर्नेहरुलाई एकै ठाउँमा राखेर सम्मान गर्दा अझै राम्रो गर्न प्रेरित गरेको छ।”

प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगर र प्रतिनिधिशभा सदस्य एकनाथ ढकालले यो मञ्चको सिर्जना गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले देशलाई दिएको योगदान र कडा मेहनतलाई प्रेरणा दिएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रतिभा, मेहनतलाई सम्मान गर्ने अवसरले सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा राम्रो काम गर्न ज्यादै कठिन रहेकाले कठिनाइका बाबजुद केही सकारात्मक काम गर्न सफल भएको बताउनुभयो ।

सम्मानित व्यक्तित्व एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले विभिन्न क्षेत्रमा सेवा गर्नेहरुलाई सम्मान गरेर प्रोत्साहित गरेको बताउँदै अर्को वर्ष गाउँको दूरदराजमा बसेर सेवा गर्नेलाई सम्मान गर्न आग्रह गर्नुभयो ।

 

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले १७ वर्षको अवधिमा सामाजिक, सांस्कृतिक तथा व्यावसायिक क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । सिजन मिडियाले यस कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका एसियाली मुलुकका २८ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।