२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लामा स्वास्थ्य सहयोग जुटाउँदै काँग्रेस नेता कुँवर



अ+ अ-

बागलुङ । नेपाली काँग्रेस बागलुङका नेता दोर्णकुमार कुवँर जिल्लामा स्वास्थ्य सम्बन्धी सहयोग जुटाउन व्यस्त छन् । नेपालमा पनि कोरोना भाइरसको प्रकोप देखिएपछि नेपाल सरकारले त्यसको रोकथामका लागि लकडाउन गरेसँगै उनी जिल्लामा संक्रमणबाट हुने क्षतिका लागि लागेका हुन् । उनले जिल्लामा बाहिरबाट आएका नागरिहरुको क्वारेन्टीनको बसाईदेखि स्वास्थ्य चौकीहरुमा आवश्यक सहयोगमा विगतदेखि नै जुट्दै आएका छन् । 

पछिल्लो पटक ढोरपाटन समाज हङकङको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्री थर्मल गन र पार्टीको तर्फबाट प्राप्त अन्य स्वास्थ्य सामग्री लिएर स्वाथ्य संस्थामा पुग्ने अभियानमा छन् । 

बागलुङ जिल्लादेखि रोगजारी र व्यवसायका निम्ति हङकङमा रहनुभएका युवाहरुको संस्था बागलुङ ढोरपाटन समाज हङकङद्धारा पठाइएको थर्मलगन र नेपाली काँग्रेस क्षेत्रीय समितिबाट प्राप्त एन नाइन्टी फाइभ पीपीई सेट, सेनिटाईजर र सेनिटाईजर छर्कने स्प्रे सहितका स्वास्थ्य सामग्री पार्टीको तर्फदेखि हस्तान्त्रण गर्ने काम उनले आइतबारबाट सुरु गरेका छन् । 

कोरोना भाईरसको त्रासका कारण ४१ दिनदेखि लकडाउनको अवस्थामा रहेको नेपालमा अधिकांश स्वास्थ्य संस्थामा हालसम्म पनि ज्वरो जाँच गर्न प्रयोग गरीने थर्मलगन मेशिन अभाव रहेको अवस्थालाई काँग्रेस नेता दोर्णकुमार कुवँरको पहल तथा बागलुङ ढोरपाटन समाज हङकङको सहयोगमा १०० थान थर्मल गन उपलब्ध भएसँगै यहाँस्थित जनप्रतिनिधी, स्वास्थ्यकर्मी र राजनैतिक दलको सक्रियतामा जिल्लाभरका स्वास्थ्य संस्थामा उक्त सामग्री हस्तान्त्रण अभियान सुरु गरीएको हो ।

आइतबार ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ बाहेक सबै वडामा रहेका स्वास्थ्य संस्थामा थर्मलगन हस्तान्त्रण गरिएको छ । जस अन्तर्गत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३ थान थर्मल गन, भाइजर २५ थान, सेनिटाइजर र पीपीइसेटसँगै लगाउन मिल्ने क्याप ४० पीस हस्तान्त्रण गरीएको छ ।

स्वास्थ्य केन्द्रका डा लक्ष्मी अर्याललाई उक्त सामग्री हस्तान्त्रण गरीएको हो । आयोजित कार्यक्रममा नेता दोर्णकुमार कुवँर सहित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य चन्द्रलाल अर्याल, नेपाली काँग्रेस ढोरपाटन नगर सभापति सालिकराम शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, काँग्रेस महािदवेशन प्रतिनिधी सिंहबहादुर राना, सोम पौवी, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँर, वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर, वडा नम्बर ६ का अध्यक्ष दिपक थापा, बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्था व्यवस्थापन समिति सदस्य असारी विक, काँग्रेस पुर्व क्षेत्रिय सभापती नरबहादुर गुरुङ, क्षेत्र नम्बर २ प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठ, वडा सदस्य चण्डी गुरुङ, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रतिनिधी, लगाएतको उपस्थितीमा उक्त स्वास्थ्य सामग्री हस्तान्त्रण गरीएको छ ।

त्यसैगरी ढोरपाटन नगरपालिका कार्यालयमा पुगेर दुई थान एन नाइन्टीफाईभ पीपीई सेट, सडक तथा भिडभाड हुने स्थानमा कोरोना रोकथाममा छर्कनका निम्ति प्रयोग गरीने ५ लिटर सोडियम हाईड्रो क्लोराईड र एक थान स्प्रे मेशिन तथा १ लिटर सेनिटाईजर समेत नगर प्रमुख देवकुमार नेपाली र उपप्रमुख कर्मती पुनलाई हस्तान्त्रण गरीएको हो । उक्त अवसरमा नगर प्रमुख नेपालीले बागलुङ ढोरपाटन समाज हङकङको सहयोग र नेपाली काँग्रेसले स्वास्थय क्षेत्रमा गरीरहेको काम अति प्रभावकारी रहेको बताउनु भयो ।

त्यसैगरी ढोरपाटन नगरपालिका ५ मा रहेको अधिकारीचौर स्वास्थ्य संस्थामा वडा नम्बर ५ का अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य लक्ष्मण पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी सुनमाया घर्ती, स्वास्थ्यकर्मी लगाएतको सहभागितामा थर्मलगन हस्तान्त्रण गरीएको छ ।

बोबाङ स्वास्थ्य चौकीमा समेत काँग्रेस नेता कुवँर सहित पार्टी नगर सभापति सालिकराम बर्मा, महाधिवेशन प्रतिनिधि सिंहबहादुर राना, सोम पौवी, प्रदेश २ ख सचिव दिपेन्द्र श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष दिपक थापा, ८ का अध्यक्ष नन्दे सुनार, वडा नम्बर ६ का अध्यक्ष जिवन पुन, नेपाली काँग्रेसका शैलेश घर्ती, तारा बुढा, रेशमलाल सर्मा, गोपि पुन, चन्द्र गौतम, समाजवादी पार्टीका प्रतिनिधी कुशल विश्वकर्मा लगाएतको सहभागितामा थर्मलगन हस्तान्त्रण गरीएको छ ।

त्यसैगरी ढोरपाटन नगरपालिका ९ मा रहेको बोबाङ स्वास्थ्य इकाई, काँग स्वास्थ्य ईकाई, ढोरपाटन स्वास्थ्य इकाई र गाडीखोला स्वास्थ्य संस्थामा समेत एकरएक थान थर्मल गन हस्तान्त्रण गरीएको नेता कुवँरले बताउनुभयो ।

सोमबार निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री थर्मल गन हस्तान्त्रण कार्यक्रम रहेको नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेश ख सचिव दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी आजै बागलुङ प्रदेश सभा २ ख बाट निर्वाचित प्रदेश सभा सांसद खिम विक्रम शाहिलाई ३९ थान थर्मलगन हस्तान्त्रण गरीएको छ । प्रदेश १ अन्र्तगत पर्ने बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थामा पुर्याउनका निम्ती त्यहाँ स्थित राजनैतिक दल, समाजसेवी, प्रशासन, प्रहरी, पत्रकार लगाएतको रहोभरमा हस्तान्त्रण गर्ने गरी उक्त मात्रामा थर्मलगन हस्तान्त्रण गरीएको दोर्णकुमार कुवँरले बताउनुभयो ।

कुवँरले जनताको सेवामा निरन्तर सहयात्रा गर्दै आइरहेको बागलुङ ढोरपाटन समाज हङकङका सम्पूर्ण पदाधिकारीलाई विशेष धन्यबाद ज्ञापन गर्दै यस्तो महान अभियानमा निरन्तर जोडिने बताए ।