१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन



अ+ अ-

काठमाडौँ । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरुले आफूहरुले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् ।

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दालन गर्दै आएका उनीहरुले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रष्टयाएका हुन् । विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई निरन्तरता दिन आफूहरु प्रतिवद्ध रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

अध्यक्ष गीता क्षेत्री राणाले निजी विद्यालयनै बन्द गर्नुपर्ने अवस्थामा रहेका पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउदै लैजाने भन्ने सो विधेयकमा उल्लेख गरिएको शब्द तत्काल हटाउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले शुल्क वृद्धि हुने र गरिव अभिभावकलाई मारमा पार्ने खालको ऐन सरकारले ल्याउन नहुने बताउनु भयो ।

अध्यक्ष राणाले भन्नुभयो, ‘हामी शिक्षा दिनका लागि बसेका छौं । शिक्षा दिन्छांै । हाम्रा विद्यालय हामी कहिल्यै बन्द गर्दैनौं । पठनपाठन नै गराउँछौं । तर तपाईंहरुले ल्याएको यस्ता विधेयकबाट भोलि विद्यालय बन्द गर्ने अवस्था आयो भने, कारबाहीमा जाने अवस्था आयो भने त्यसको जिम्मेवारी कसेले लिन्छ ? त्यस्ता विधेयक रोक्नु पर्छ । हामी यस्ता अवस्था टुटुटुलु हेरेर बस्न सक्दैनौं । विद्यालय क्रमशः गैर नाफामूलक हुने सो विधेयकमा भनिएको छ । हामीले यो कुरा बुझिराखेका छैनौ । यो शब्दको आवश्यकता किन परेको हो ? गैर नाफामूलक भन्ने शब्द किन राख्नुपरेको हो ? उहाँहरुले त्यही विधेयकमा के राख्नु भएको छ भने शुल्कको निर्धारण गर्दा राष्ट्रिय मापदण्ड अनुसार बन्छ भन्नुभएको छ । त्यो बैज्ञानिक हो । त्यसमा नाफापनि न्यायोचित तरिकाले, बैज्ञानिक तरिकाले वितरण हुन्छ ।

जब राष्ट्रिय मापदण्ड नै बनिसकेपछि त्यो गैर नाफामूलक भन्ने शब्द राखेर आज किन यो चेलखेल गर्ने अवस्था पु¥याईराखेको छ ? राष्ट्रिय मापदण्ड भन्न साथ त्यहाँ सबै सीमित भईहाल्छ । सोही मापदण्ड अनुसार चल्नुपर्छ । बैज्ञानिक रुपमा चल्नु पर्छ । त्यहाँ अनाआवश्यक रुपमा नाफा लिन सक्दैन । वैज्ञानिक मापदण्ड भन्ने व्यवस्थाले सबै कुरा पूरा हुन्छ । यो गैरनाफामूलक भन्ने शब्द किन राखेको छ, हामीले बुझ्न सकेको छैन । यसलाई हटाउनु पर्छ । यसैमा पूर्ण छात्रावृत्ति । त्यो भन्दा पहिला के व्यवस्था थियो ? त्यसमा १० प्रतिशतलाई छात्रावृत्ति दिने भनिएको थियो । त्यो छात्रवृत्ति के बाट आउथ्यो भन्दा शुल्कबाट नै आउने हो । अर्को ठाउँबाट त आउँदैन । अव उहाँहरुले पूर्ण छात्रवृत्ति भनेर राख्नु भयो । त्यसको व्यवस्थापन के बाट हुन्छ ? स्पष्ट भन्नु पर्छ उहाँहरुले शुल्कबाट हो ? यसबाट हो भने शुल्क वृद्धि त अवश्य पनि हुन्छ । त्यो भयो भने त्यसको मार धेरै श्रमजीवि गरिव अभिभावकहरुलाई पर्छ । त्यसकारण यो पनि हटाउनु पर्छ ।’

निजी विद्यालयहरुले सरकारले ल्याएको सो विधेयकमा गरिएका कतिपय व्यवस्था संविधान र कानून अनुकूल पनि नरहेको जिकिर गर्दै त्यसलाई मान्न नसकिने चेतावनी दिइरहेका छन् ।