काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटेको छ ।
इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले खुद्रा बिक्रीमा परिवर्तन गरेको हो। निगमका अनुसार डिजेल र मटिटेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ। तर पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य यथावत राखिएको छ।
हवाई इन्धनमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि मूल्य १ अमेरिकी डलरले घटाइयो भने काठमाडौंबाट अन्तर्राष्ट्रिय उडानका लागि ७ अमेरिकी डलरको कटौती गरिएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ब्रेकइभेन पोइन्टमा कायम गरिएको छ।











