१६ भाद्र २०८३, मंगलवार
,
Latest
कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान बालीमा डढुवा रोग



अ+ अ-

नवलपरासी। यहाँको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ । यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो ।

उहाँले समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएकाले समस्या देखिएको हुनसक्ने बताउनुभयो । “धान  पातको फेदमा अण्डाको आकारजस्तो खैरो थोपा देखिएका छन् । यसको आकार वृद्धि हुँदै गई ढुसीको कालो गिर्खा देखा पर्ने समस्या छ । बिस्तारै यो समस्या माथिल्लो भागमा पुग्छ र सुकेर डढेको जस्तो देखिने हुन्छ”, चौबेले भन्नुभयो ।

जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । कार्यालय प्रमुख चौबेले यहाँका अन्य क्षेत्रमा समस्या देखिएको जानकारी आएको बताउनुभयो ।

पाल्हीनन्दन गाउँपालिका–४ का राजाराम धवलले फेदमा डढुवा रोग लागेर धानबाली सुक्न थालेको बताउनुभयो । गत वर्षको तुलनामा यसपटक अधिकांश खेतमा यो रोग देखिएको उहाँले जानकारी दिनुभयो ।रासस