४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

छोराछोरीको घरभाडा तिरिदिँदै एसओएस वालग्राम

छोराछोरीको घरभाडा तिरिदिँदै एसओएस वालग्राम
अ+ अ-

बलराम प्यासी
काठमाडौं। त्यसो त घर छोडेर भिन्नै बसेका छोराछोरीलाई त जन्म दिने बाबुआमाले खासै चासो नदिने वर्तमान समाजमा एसओएस वालग्राम नेपालले भने समाजमा भर्खरै पुर्नस्थापित भएका आफ्ना छोराछोरीप्रति आफ्नो कर्तव्य पालना गरिरहेको छ । शिशु अवस्थादेखि हुर्काई बढाई गरि पढाएर रोजगारी भएपछि समाजमा भर्खरै पुर्नस्थापित भएका आफ्ना छोराछोरीले दुःख पाएको ‘वालवालिकाको लागि मायालु घरको रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्रामले कसरी टुलुटुलु हेर्न सक्छ र ? विश्वव्यापी महामारी ‘कोभिड—१९’ का कारण बन्दाबन्दी (लकडाउन) भएपछि देशभरका उद्योग, कलकारखाना, विमानस्थल, होटललगायतमा आर्थिक समस्याग्रस्त भएका कारण त्यहाँबाट रोजगारी गुमाउन पुगेका आफ्ना छोराछोरीप्रति एसओएस वालग्राम नेपाल संवेदनशिल देखिएको हो ।

लकडाउनका कारण रोजगारी गुमाएर समस्यामा परेका आफ्ना छोराछोरीको घरभाडा तिर्नदेखि उनीहरुको तत्कालका घरायसी समस्या समाधान गर्न एसओएस वालग्राम नेपालले समाजमा पुर्नस्थापित १ सय ५ जना आफ्ना छोराछोरीका लागि नगद सहयोग गरि उदाहरणीय र अनुकरणीय काम गरेको छ । वालग्रामको आपत्कालीन कोषबाट तत्कालका लागि प्रति छोरा/छोरी १० हजारको दरमा कूल १० लाख ५० हजार आर्थिक सहयोग गरिएको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए । ‘रोजगारी गुमाएर आर्थिक समस्यामा परेका हाम्रा त्यस्ता छोराछोरीलाई रोजगारीको अर्काे व्यवस्था मिलाउन र रोजगारी नहुन्जेलसम्मका लागि थोरै नै भएपनि नियमितरुपमा सहयोग गर्न हामी प्रयासरत छौं’-राष्ट्रिय निर्देशक शर्माले भने-‘यसका लागि एसओएस वालग्राम अन्तर्राष्ट्रियदेखि एसओएस वालग्राम नेपाललाई नियमित सहयोग गर्दै आएका नेपाली दाताहरुसंग अनुरोध गरिरहेका छौं ।’ वालग्रामलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने एकहजार ८० जना स्थानीय दाता छन् ।

नेपालभरी रहेका एसओएस वालग्राममा हुर्केका छोराछोरी पढाई सकेर रोजगार भईसकेपछि ‘समाजमा पुर्नस्थापित’ हुने वालग्रामको नियम रहेको छ । यो भनेको वाहिरी समाजमा आफुलाई जन्मदिने बाबुआमाबाट छोरछोरी भिन्नै बसे सरह हो । नेपालमा एसओएस वालग्रामको स्थापनाको ५० वर्षको अवधिमा वालग्राममा हुर्की, पढी रोजगारी भएपछि हालसम्म करीव २ हजार पाँचसय जना छोराछोरीहरु समाजमा पुर्नस्थापित भईसकेका छन । करीव ८ सय जना छोराछोरी वालग्रामको युवालय (छात्रावास) मा बसेर उच्च शिक्षा अध्ययनरत छन् । करीव १ हजार २०० छोराछोरी मुलुकका १० वटा वालग्रामको पारिवारिक घरमा बसिरहेका छन् । समाजमा पुर्नस्थापित भईसकेका २ हजार पाँचसय छोराछोरीमध्ये अधिकाँशको आर्थिक अवस्था भने राम्रो छ ।

यसको साथै वालग्रामले नेपालभरी रहेका १० वटा एसओएस वालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रम (एफ.एस.पि) का लाभग्राही विपन्न र अति जोखिममा रहेका ४ सय ८५ परिवारका लागि एक महिनाको लागि पुग्ने खाद्यान्न पनि सहयोग गरेको राष्ट्रिय निर्देशक शर्माले बताए । परिवारमा साना केटाकेटी भएका, विरामी र अपाङ्गता भएका र लकडाउनका कारण दैनिक रोजीरोटी र सानोतिनो व्यापार समेत गुमाउन पुगेका त्यस्ता ४ सय ८५ विपन्न परिवारको लागि चामल, पिठो, तेल, दाल, नुन लगायतका खाद्यान्न वितरण गरेको हो । नेपालमा रहेका १० वटा एसओएस वालग्राम सानोठिमी, काभ्रे, जोरपाटी, इटहरि, पोखरा र कास्की, चितवन, रुपन्देही, सुर्खेत र धनगढीले ती वालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रममार्फत लाभ लिइरहेका त्यस्ता विपन्न परिवारलाई वालग्राममै बोलाएर या उनीहरुकै घरघरमा गएर खाद्यान्न वितरण गरिरहेको छ ।   परिवार सुदृढीकरण कार्यक्रममार्फत त्यस्ता परिवारले वालग्राम मार्फत स्वास्थ्य, शिक्षा, विभिन्न रोजगारमूलक तालीम र सानोतिनो आर्थिक सहयोग समेत पाउँदै आएका छन् ।