७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँः गृहमन्त्री लेखक

उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँः गृहमन्त्री लेखक
अ+ अ-

पर्सा। गृहमन्त्री रमेश लेखकले उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ काम भइरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उपभोक्ता अदालत स्थापना भएर हाल कार्यसम्पादन गर्दै आइरहेको र यसलाई थप बलियो बनाउन सरकार केन्द्रित रहेको बताउनुभएको हो ।

“उपभोक्ता अदालतले आफ्नो काम गरिरहेको छ । अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ पनि काम  अघि बढेको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “हामीले उपभोक्ताको अधिकारको विषयलाई अत्यन्त महत्त्वपूर्ण हिसाबले हेर्नुपर्ने हुन्छ । त्यसका लागि मैले सबैलाई आग्रह गरिरहेको छु ।”

गृहमन्त्री लेखकले कार्यक्रममा रासायनिक मलखादको समस्या र उखु किसानको अनुदानको कटौती गर्नु हुँदैन भनेर उठेका विषयतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । “मधेस प्रदेशमा पछिल्लो समय जलसङ्कट भइरहेको छ ।

वीरगञ्जलगायत ठाउँमा पानीको समस्या छ”, उहाँले भन्नुभयो, “अर्काेतर्फ यहाँ हैजाको प्रकोप पनि देखिएको छ । प्रकोप विस्तारित हुन थालेपछि केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयमार्फत तीनवटै सुरक्षा निकायका स्वास्थ्यकमी परिचालन गर्ने निर्णय गरेका छौँ ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत उपभोक्ताको हित र अधिकार संरक्षण गर्नेतर्फ लागिरहेको जानकारी दिनुभयो । “कुनै पनि वस्तुको उत्पादनमा ‘एमआरपी’ राखिएको छैन वा बढी पैसा लिएको छभने पनि उपभोक्ता अदालतमा जान सक्नेछौँ”, उहाँले भन्नुभयो, “उपभोक्ता अदालतको फैसलाले चिकित्सा क्षेत्रमा भने केही समस्या भयो भनेर गुनासो पनि आइराखेको छ । त्यसलाई कसरी मिलाउने भनेर काम भइरहेको छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उपभोक्ता सरकार र व्यवसायी दुवैबाट ठगिँदै आइरहेको गुनासो गर्नुभयो । कृषि सामग्री केन्द्र लिमिटेडका प्रादेशिक कार्यालय प्रमुख दुर्गा पाण्डेयले किसानलाई मागअनुसार पर्याप्त मात्रामा अनुदानको मल उपलब्ध गराउन नसकेको बताउनुभयो । रासस