६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

इन्भेस्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानीको तयारी

इन्भेस्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानीको तयारी
अ+ अ-

काठमाडौँ । घरजग्गा व्यवसायीहरु एकीकृत भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत लगानी गर्ने भएका छन् ।

देशभरका व्यवसायीहरु एकजुट भएर इन्भेस्टमेण्ट कम्पनीमार्फत देशका मुख्य शहरहरुमा लगानी गर्ने गरी तयारी भइरहेको हो । अहिले कम्पनी निर्माणसँगै पुँजी जुटाउने तयारी भइरहेको नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनुभएको छ ।  घिमिरेले देशभरका व्यवसायीहरु अहिले एकजुट हुने क्रम शुरु भएको बताउनु भयो । उहाँकाअनुसार इन्भेस्टमेन्ट कम्पनी निर्माण भइसकेको छ । अब

सोही कम्पनीमार्फत पुँजी संकलन गरिनेछ । सोही पुँजीबाट देशभर हाउजिङदेखि टाउन प्लानिङसम्ममा लगानी गर्ने तयारी छ । अध्यक्ष घिमिरेले भन्नुभयो–‘अहिले देशभरिका व्यवसायीहरू एकजुट भएका छौं । हामी सबै व्यवसायी एक ठाउँमा आएर  काम गर्ने भनेर हामीले एउटा इन्भेस्टमेण्ट कम्पनी पनि खोलिराखेका छौँ र त्यसमा हामीले कसले कति सक्छ, सक्ने जतिले त्यहाँ पैसा उठाएर त्यसबाट काम गर्ने भनेर हामी लागिराखेका छौँ । यो हिसाबमा सफल हुने योजना छ ।’ 

अध्यक्ष घिमिरेकाअनुसार ४४–४५ वटा जिल्लामा महासंघका संघहरू संगठन छन् ।  ती संस्थामा रहेका व्यवसायीले  ५ लाखदेखि २० लाखसम्म लगानी गर्न भनिएको छ । त्योअनुसारको  एउटा फण्ड जुटाइँदैछ र त्यो फण्डले चाहीँ प्रदेश सातवटा प्रदेशमा काम गर्ने योजना छ । घिमिरेकाअनुसार कुन–कुन शहरमा नयाँ आधुनिक शहर बनाउने भन्नेबारे अहिले अनुसन्धान चलिरहेको छ । लगानी गर्ने शहरहरुमा व्यवसायीहरू मिलेर काम गर्ने योजना छ ।

कति जति फण्ड जुट्ला ?

अध्यक्ष घिमिरेकाअनुसार सुरुमा त लगभग पाँच अरब जतिबाट काम शुरु गर्ने योजना छ । एकैचोटि धेरै पुँजी नउठ्न पनि सक्छ । थोरै–थोरैबाट काम गर्दै जाने योजना छ । एक ठाउँमा काम गर्दै जाने  र त्यो राम्रो हुँदै गए क्रमशः पुँजी थप संकलनसँगै नयाँ प्रोजेक्टहरु शुरु गर्ने योजना छ ।
घिमिरेले मुख्य–मुख्य शहरहरू अहिले ध्यान केन्द्रित गराउने बताउँदै सरकारले बजेटमा पनि सात वटा प्रदेशमा एक लाख वटा घर बनाउने योजना अघि सारेकाले त्यसलाई पूरा गराउन अब व्यवसायीहरु योजनावद्ध तरिकाले लाग्ने बताउनु भयो ।

उहाँकाअनुसार एक लाख घर भनेको धेरै ठूलो हो, सात वटा प्रदेशमा टाउन प्लानिङ गरेर घरहरु निर्माण हुनेछ । देशका विभिन्न भेगमा पुराना शहरहरू छन् । तीनिहरु  भत्काउने बेला पनि भइसक्या छन्, अब त्यहाँ नयाँ शहरहरू टाउन प्लानिङ गरेर बनाउनुपर्छ ।

चुनौती नै चुनौती 

इन्भेष्टमेण्ट कम्पनीमार्फत घरजग्गामा लगानी गर्न खोजेपनि चुनौतीको चाङ रहेको घिमिरे बताउनुहुन्छ । उहाँकाअनुसार अहिले कित्तकाटका कारण समस्या पैदा भइरहेको छ । अहिले राज्यका नीतिहरु स्पष्ट नहुँदा घरजग्गा व्यवसाय प्रभावित बनिरहेको छ भने नागरिकले समेत शास्ती खेप्नुपरेको छ ।

घिमिरेले भन्नुभयो–‘अब स्थानीय तह, वडादेखि नै हाम्रा सरकारहरू शुरु हुन्छ । वडा हुन्छ, गाउँपालिका जान्छ, नगरपालिका हुन्छ । अनि काठमाडौं उपत्यका, अब यता हुँदा काठमाडौं उपत्यका प्राधिकरण हुन्छ । शहरी मन्त्रालयदेखि लिएर भूमि सुधार मन्त्रालय सबै कुरा हुन्छ । यो यस्तो धेरै झंझट नभइकन एकद्वार प्रणालीबाट काम भयो भने काम गर्न सजिलो हुन्थ्यो । हामीले पटक–पटक माग पनि यही गरेका छौँ ।’ 

उहाँकाअनुसार अब छिट्टै शहरी ऐन आउनुपर्छ । ऐनमा निजी क्षेत्रका कुराहरु समेटिनुपर्छ । विकसित देशहरूमा धेरै काम निजी क्षेत्रले गर्ने भएकाले नेपालमा त्यो अभ्यास कम छ । विदेशमा जस्तै टाउन प्लानिङदेखिका सबै काम निजी क्षेत्रले गर्न पाउने गरी सरकारले सहजीकरण गरिदिनुपर्ने उहाँको भनाई रहेको छ ।