२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज



अ+ अ-

भोजपुर । गाउँघरका खोलाखोल्सीमा पाउने निगुरो यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । सडकको पहुँच विस्तार भएपछि यहाँका स्थानीयले निगुरो बिक्रीबाट आम्दानी गर्न थालेका हुन् ।

दुर्गम क्षेत्रको खोलाखोल्सी तथा वनपाखामा पाइने निगुरो ठूला सहरहरुमा पुग्न थालेको छ । टेम्केमैयुङ–५ चोलन्ती, मझौले गाउँका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायत सहरमा जाने गरेको टेम्केमैयुङ–५ का स्थानीय डम्बरबहादुर विष्टले बताउनुभयो । विगतमा त्यत्तिकै वनपाखा, खोलाखोल्सीमा खेर गइरहेका निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उहाँको भनाइ छ । निगुरो लिनका लागि ठेकेदार गाडी लिएर नै गाउँघरमा पुग्ने गरेका छन् ।

“यहाँका वनपाखामा पाइने निगुरो बिक्री हुन थालेको छ”, उहाँले भन्नुभयो, “सडक विस्तार भएपछि बेचबिखन गर्न सहज छ । बर्सेनि यो याममा सङ्कलन गरेर बिक्री गर्दै आएका छौँ । निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ ।”

सङ्कलन गरिएको निगुरो प्रतिकेजी रु ४० सम्ममा घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । पात भएको भन्दा डाँठमात्र भएको निगुरोले राम्रो मूल्य पाउने स्थानीय लालबहादुर विष्टले बताउनुभयो । निगुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उहाँले जानकारी दिनुभयो । एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निगुरो सङ्कलन गर्ने उहाँको भनाइ छ ।

“खोलाखोल्सीको निगुरो सहरबजारमा जान थालेको छ”, उहाँले भन्नुभयो, “निगुरो हुर्किएपछि गाईवस्तुलाई सोतरका रूपमा प्रयोग गर्दै आएका थियौँ । अहिले त्यही निगुरोले मूल्य पाएको अवस्था छ । सङ्कलित निगुरो बिक्रीका लागि कुनै समस्या छैन ।”

उनीउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वनजङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् । स्थानीयवासीले बर्खायाम सुरु भएपश्चात जेठ–असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन् । वनजङ्गलमा सजिलै पाइने, निगुरो अग्र्यानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डाँठे निगुरोको बजारमा राम्रो माग छ । रासस