११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा रास्वपाका आकांक्षीले ११ बजे सभापति रविलाई भेट्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

रास्वपाले आज आधिकारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपामा ९ जना आकांक्षी छन् । उनीहरुले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ११ बजे नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

रास्वपाले आकांक्षीहरू मध्येबाट एक जना उम्मेदवार आज घोषणा गर्दै छ । रास्वपाले दिउँसो साढे १ बजे सचिवालय बैठक बोलाएको छ । बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ ।

साढे एक बजेपछि उम्मेदवार घोषणा हुने भएकोले आकांक्षीहरु त्यसअघि नै सभापति लामिछानेलाई भेट्न जाने रास्वपा स्रोतले जनाएको छ ।

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।




भर्खरै