२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा रास्वपाले आज उम्मेदवार टुंग्याउँदै, डा, लेखजंग थापा सहित अरु को को छन् प्रतिस्पर्धामा ?



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आज उम्मेदवार टुंगो लगाउँदै छ ।

पार्टी कार्यालयमा आज साँझ ५ बजे बस्ने बैठकले आधिकारिक उम्मेदवार घोषणा गर्ने भएको हो । योसँगै रुपन्देही–३ का लागि उम्मेदवार घोषणा गर्ने रास्वपा पहिलो दल बन्ने छ ।

रास्वपामा अहिले ९ जनाले उम्मेदवार हुने इच्छा राखेका छन् । उनीहरुले पार्टीमा प्रारम्भिक उम्मेदवार दिएका थिए ।

उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्याल छन् ।

आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ९ जना प्रारम्भिक उम्मेदवारबीच प्रारम्भिक इलेक्सन गरेको थियो ।

रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।