काठमाडौं । प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आज उम्मेदवार टुंगो लगाउँदै छ ।
पार्टी कार्यालयमा आज साँझ ५ बजे बस्ने बैठकले आधिकारिक उम्मेदवार घोषणा गर्ने भएको हो । योसँगै रुपन्देही–३ का लागि उम्मेदवार घोषणा गर्ने रास्वपा पहिलो दल बन्ने छ ।
रास्वपामा अहिले ९ जनाले उम्मेदवार हुने इच्छा राखेका छन् । उनीहरुले पार्टीमा प्रारम्भिक उम्मेदवार दिएका थिए ।
उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्याल छन् ।
आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ९ जना प्रारम्भिक उम्मेदवारबीच प्रारम्भिक इलेक्सन गरेको थियो ।
रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।









