३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब एकल पुरुषलाई पनि मासिक भत्ता दिने



अ+ अ-

देवराज सुवेदी, मेलम्ची । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता  पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५००  भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ । 

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको  अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु  आर्थिक वर्षमा  रु २० लाख विनियोजन थियो  । “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो । ” उहाँले भन्नुभयो ।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । 




भर्खरै