१३ श्रावण २०८३, बुधबार
,
Latest
सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल



अ+ अ-

रुपन्देही। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ ।

रङ्गशाला अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकाले रङ्गशालालाई बजेटको अभाव हुन नदिने बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले सिद्धार्थ रङ्गशालाका लागि यस वर्ष रु तीन करोड बजेट छुट्याएको र आगामी दिनमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरू उत्साहका साथ खेलकुदको विकासमा लाग्नुहोस् । यो रङ्गशाला लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो । यहाँ रहेका अधुरा कामहरू सम्पन्न गर्न लाग्नुस् । आर्थिक रूपमा कुनै समस्या हुँदैन ।”

रङ्गशालाबारे जानकारी दिँदै रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले यसलाई बहुवर्षीय योजनामा राखिदिन आग्रह गर्नुभयो । उहाँले सिद्धार्थ रङ्गशाला काठमाडौँपछि स्तरीय रहे पनि त्यसको अनुपातमा बजेटको अभाव झेलिरहेको बताउनुभयो ।

डेढ दशकमा रङ्गशाला निर्माणको काम करिब १६ प्रतिशत मात्रै छ । यहाँ हालसम्म करिब रु १२ करोड खर्च भइसकेको छ । न्यून बजेटका कारण यसको निर्माण समयमै हुन नसकेको अध्यक्ष थापाले गुनासो गर्नुभयो ।

क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले विसं २०६८ मा भैरहवा र मूलपानीमा अन्तरराष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएकामा मूलपानी मैदानले गति लिँदा यहाँ भने कछुवा गतिमा काम भइरहेको बताउनुभयो ।

सात हजार दर्शक अट्नेगरी प्यारापिटसहित अन्तरराष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले यो योजना अगाडि बढाएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) त्यसबेला कम्तीमा रु ३८ करोड लाग्ने जनाइएको थियो । तर, समयमै काम नहुँदा अब कम्तीमा रु ७० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।रासस