२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका युवा नेता श्रेष्ठले चलाए यस्तो अभियान, विपन्न परिवारलाई वितरण गरे राहत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लिखिततेन्द्र श्रेष्ठले एकल महिला, नागरिकता नपाएर राहत नपाउने, गर्भवती महिला र शारीरिक रूपले असक्त र अपांगहरूको राहत वितरण गरेका छन् । श्रोष्ठले सोमवार टोखा नगरपालिका वाडा नं. ३ मा क़रीब १०० जना आम मानिसहरूलाई राहत बाडेका हुन्।

लकडाउनको मारमा परेका बिपन्न वर्ग, मजदुर र असाहयहरुलाई लक्षित गरी यो अभियानलाई फरक ढंगले अगाडि बढाउन थालेको श्रेष्ठले जानकारी दिदै ‘खाना खुवाउनु भन्दा राहत दिए समस्या नहुने भएकाले यस्तो अभियान’ शुरू गरिएको बताए । नेता श्रेष्ठले सक्रियतामा परिवारको संख्या हेरेर, चामल, नुन, दाल र तरकारी लाम्नेपाचा लगायतको स्थानमा वितरण गरिएको बताए ।

नेपाली विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले यसघि आफ्नै लगानीमन लकडाउनका कारण समस्यामा परेका २५० परिवारलाई चामल १०० बोरा, आलु १५ बोरा, दाल १० बोरा, नुन ५०० केजि, तेल २५० पाकेट र प्याज १५ बोरा वितरण गरेका थिए।