११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
अ अ+ अ-

पर्सा। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् महिला सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउन अवसरसँगै सबैको ऐक्यबद्धता आवश्यक पर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले महिला शक्ति केवल परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाजको प्रगतिको आधार भएकाले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा उद्यमशीलताको विकास गर्न महिला नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । “महिलामा उद्यमशीलताको विकास गर्नु व्यक्तिगत सफलता होइन् । सिङ्गो देशको अर्थतन्त्रलाई सुदृढ गराउनु पनि हो”, उहाँले भन्नुभयो ।

“महिला आफू सक्षम बनेर आगामी पुस्तालाई प्रेरणा दिनेगरी अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो समाजमा अझै बाँकी रहेको लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्दै समाज परिवर्तनमा सकारात्मक र उपयोगी भूमिका निर्वाह गर्दै जानुपर्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले महिला आत्मविश्वासी भएर सकारात्मक सोत र योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले महिला आत्मनिभएर भए मात्रै क्षमता अभिवृद्धिसँगै नेतृत्वमा जानसक्ने धारणा राख्नुभयो ।

“समाजमा महिलाको योगदानलाई अपेक्षित गरिँदै आइएको छ । त्यसैले हामीले महिला नेतृत्व गर्न, उद्यम गर्न र समाज रुपान्तरण गर्न पूर्णरूपमा सक्षम छन् भनेर प्रचारप्रसार गर्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो, “महिलालाई प्रवर्द्धन र संवर्द्धन गर्न सकेको खण्डमा मात्रै प्रभावकारी ढङ्गले महिला उद्यमशीलताको विकास हुनेछ ।”

पूर्वराष्ट्रपति भण्डारीले महिलाको त्याग र समर्पणलाई सस्थागत गरेर अवसरहरू सिर्जना गरे मात्रै महिलामाथि सम्मान हुने धारणा राख्नुभयो । मुलुकको बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न आयात प्रतिस्थापनको नीति अपनाएर स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

“हामीले यहाँको प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधतालाई सही ढङ्गले उपयोग गरेर मुलुकलाई आत्मनिर्भरताको बाटोमा अघि बढाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा भएका स्रोतसाधनको दिगो तथा विवेकपूर्ण उपयोगबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अवसर हामीसँगै रहेकाले सोको उपयोग गर्न जरुरी छ ।”

सम्मेलनको संयोजक डा लक्ष्मी थापाले यस्ता खालका कार्यक्रमले महिलाको उद्यमशीलता विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले महिला उद्यमशीलताको विकासका लागि महिलालाई अवसरसँगै घरघरबाट उद्योग–व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

“पछिल्लो समय महिला उद्यमशीलताको विकास द्रुत गतिमा भइरहेको छ । यसलाई अझै प्रवर्द्धन र संवर्द्धन गर्न राज्यका विभिन्न निकायले सहयोग गर्नुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो । रासस