काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सी चीनफिङसँग स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा चीन पुग्नुभएका ओलीले थियानजिन अतिथि गृहमा राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्तामा यस्तो कुरा जनाउनुभएको हो ।
साथै, राष्ट्रपति सीसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी पनि भएको छ ।
सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने विश्वास नेपालले लिएको छ ।










