काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाल–चीनबीच मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने सहमति भएको छ।
दुई देशका संयन्त्रहरू आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतामा पुगेका छन्। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई नेपालको प्रष्ट धारणा सुनाउँदै भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति प्रति कडा आपत्ति जनाएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले यो मुद्दा स्पष्ट रूपमा राष्ट्रपति सीसमक्ष उठाएका थिए।
नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वपट्टिका सम्पूर्ण भूभाग आफ्नै सार्वभौम क्षेत्र भएको दाबी दोहोर्याएको छ। यस सन्दर्भमा चीनले नेपाललाई सहयोग गर्ने विश्वास नेपालले व्यक्त गरेको छ।










