१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा छायांकन गरिएको प्रेमिल म्युजिक भिडियो “तिम्रो साथमा ” सार्वजनिक



अ+ अ-

काठमाडौँ। एभरेष्ट ग्यालरीको प्रस्तुतिमा तयार भएको प्रेमिल म्युजिक भिडियो “तिम्रो साथमा” सार्वजनिक गरिएको छ। भिडियो कोशी प्रदेशअन्तर्गत झापाको अर्जुनधारा नगरपालिका र इलामको कन्यामलगायतका रमणीय पर्यटकीय स्थलहरूमा छायांकन गरिएको हो।

यस गीतमा गायक प्रताप दास र सुनिता थेगिमले स्वर दिएका छन् भने संगीतकार राजकुमार बगरले संगीत भरेका छन्। शब्दरचना भने कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव समेत रहेका हेम राज तामाङले गरेका हुन्। भिडियो गीतकारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

लोकप्रिय मोडल/कलाकार सनम कठायत र आश्विनी शाहीले अभिनय गरेको भिडियो उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादनमा तयार भएको हो।

“दृश्यमा नेपाल” शीर्षकमा एभरेष्ट ग्यालरीले सुरु गरेको राष्ट्रिय अभियानअन्तर्गत यो भिडियो सार्वजनिक गरिएको हो। यस अभियानमार्फत मुलुकका प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सामाजिक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। साथै, कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई समर्थन पुग्ने विश्वास अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले व्यक्त गरेका छन्।