४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

प्रधानमन्त्री हिमालय हिमालय एयरलाइन्सबाट तिआन्जिन प्रस्थान

प्रधानमन्त्री हिमालय हिमालय एयरलाइन्सबाट तिआन्जिन प्रस्थान
अ+ अ-

काठमाडौं । हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपी शर्मा ओलीको जनवादी गणतन्त्र चीनको तिआन्जिनको औपचारिक भ्रमणको लागि विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ ।

उक्त उडानमा प्रधानमन्त्री ओली, वहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्यका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा एवम् विभिन्न उच्च पदस्थ सरकारी अधिकारीहरूसहितको प्रतिनिधिमण्डल पनि रहेको छ ।

प्रतिनिधिमण्डल सेप्टेम्बर ३, २०२५ मा हिमालयको एयरबस ३२०–२१४ मा बेइजिङ्गबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।

हिमालय एयरलाइन्सका अध्यक्ष  झो एन्योंगले प्रधानमन्त्री, वहाँकी धर्मपत्नी श्रीमती र विशिष्ट प्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो । उक्त अवसरमा हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठ पनि  प्रधानमन्त्री र भ्रमण टोलीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

उक्त उडानपछि विजय श्रेष्ठले भन्नुभयो, “सरकार प्रमुखको औपचारिक भ्रमणको लागि विशेष उडान सञ्चालन गर्नु हिमालय एयरलाइन्सको लागि वास्तवमै ठूलो गौरवको कुरा हो । अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको एक दशक पार गरेको खुसीको अवसरमा नेपाल सरकारबाट प्राप्त सद्भाव, संरक्षकत्व तथा सहयोगका लागि विशेष आभार ब्यक्त गर्दछौं । हिमालय एअरलाइन्स्ले आगामी वर्षहरूमा यो विश्वासलाई कायम राख्दै राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”

एयरबस ३१९–११५, (9N-AJK)  वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय बिहान ०७:२३ बजे उडेको थियो र उक्त वायुयान स्थानीय समयअनुसार दिउँसो १५:१५ बजे तिआन्जिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

नेपालको पहिलो र एकमात्र IOSA प्रमाणित एअरलाइन्स्को रूपमा हिमालय एयरलाइन्स सुरक्षित उडान, सञ्चालन उत्कृष्टता र विश्वस्तरीय सेवाप्रति प्रतिबद्ध छ । विगत १० वर्षमा, हिमालयले नेपाललाई विश्वसँग जोड्ने एक विश्वसनीय एयरलाइन्सको रूपमा आफ्नो प्रतिष्ठालाई सगौरव कायम राखेको छ।