४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

‘जलवायु परिवर्तनका कराण् विकासोन्मुख मुलुक बढी प्रभावित भएका छन्’

‘जलवायु परिवर्तनका कराण् विकासोन्मुख मुलुक बढी प्रभावित भएका छन्’
अ+ अ-

गण्डकी। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएका बताउनुभएको छ ।

कानुनी युवा मञ्च (फ्लाई)द्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियाली जलवायु न्याय फेलोसिप तथा क्याम्प’मा उहाँले जलवायु परिवर्तनका असरबारे विभिन्न कार्यक्रममार्फत विश्व समुदायलाई सचेत गराइए पनि सोचेअनुसार प्रगति हासिल गर्न नसकिएको उल्लेख गर्नुभयो ।

मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एसियाली राष्ट्र परेका भट्टको भनाइ छ । जलवायु परिवर्तनको मूल कारक नेपालजस्ता मुलुक नभए पनि यसको असर विकासोन्मुख मुलुकमा पर्ने उहाँले बताउनुभयो ।

“हाम्रा हिमालहरूमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढीपहिरो गइरहेको छ । जसबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ”, प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरूले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पहलकदमी लिन जरुरी भइसकेको उहाँले आवश्यकता औँल्याउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनको सीमामा रहेर दिगो विकासको अवधारणा अवलम्बन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रदेश प्रमुख भट्टले औद्योगिक विकासका कारण हरितग्यास उत्सर्जन बढ्न गई पृथ्वीको औसत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सन् २०३० सम्म नेपालको तापक्रम एक दशमलव सात डिग्रीसेल्सियसले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।”

यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एसियामा जलवायु परिवर्तनका कारण र असरबारे जानकारीसहित असर न्यूनीकरणका लागि फलदायी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जलवायु न्यायको अवधारणा, अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमापार जलवायु परिवर्तनको प्रभाव र साझा चुनौती, न्याय प्रवर्द्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शितालगायत विषय महत्त्वपूर्ण रहेका उहाँको भनाइ छ ।

कार्यक्रममा दक्षिण एसियाका सात राष्ट्रका ४५ जना युवाहरूलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन गरिने कानुनी युवा मञ्चले जनाएको छ ।

दक्षिण एसियाका युवाहरूबीच जलवायु न्यायका लागि युवा एकता गराउने, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्नेगरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायुसम्बन्धी समसामयिक चुनौती, दक्षिण एसियाली विकल्पहरूमा युवाको ज्ञान लिनेलगायत लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिनुभयो ।रासस