५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ः जिनको अध्ययन अब नेपालमै, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अध्ययन थाल्ने



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये अधिकाशंमा लक्षण देखिएको छैन । कतिपयले त साता दिनमै कोरोनामाथी जित पनि निकालेका छन् । तर, विश्वको परिवेश भने अलिक फरक छ । त्यहा धेरै मानिस कोरोनाको संक्रमणबाट मृत्यु भईसकेको छ । तर, नेपालमा संक्रमितमा लक्षण नै नदेखिएपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड– १९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ । कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ का कारण अरू देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने संक्रमितको अवस्थामा सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो । उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरेको छ । अहिलेसम्मको अध्ययनले दोस्रो ‘यहाँ कोभिड–१९ को लक्षण बिना नै संक्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा संक्रमण भइरहेका छन’, उनले भने, ‘त्यसैले भाइरसको कुन चाहिँ जिन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हौँ ।’ परिषद्ले संक्रमितहरुकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड– १९ सम्बन्धित प्रयोगशाला सल्लाहाकार समितिका सदस्यसमेत रहेका खनालले बताए ।

उनका अनुसार संक्रमित ८२ जनाको स्वाब संकलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उनले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताए ।जिन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने खनालको भनाइ रहेको छ । ‘इटाली, वुहान र अमेरिकामा संक्रमण देखिएका मानिस मरिरहेका छन् तर यहाँ त मरेका छैनन’, उनले भने, ‘मानिसको मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) छैन । मान्छे देख्दा सामान्य छ तर संक्रमण देखिएको छ । के रहेछ । यो जिनको कारणले हो ।’ मन्त्रालयका अनुसार नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गर्नेछन् । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जिनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उनले संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताए । जिनको अध्ययनका लागि मन्त्रालयले काठमाडौँ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०मा रहेका जेनेटिक ल्याबमा अनुसन्धान गरिने जनाएको छ । सौर्य दैनिक