• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

कोरोना त्रास: मास्क नलगाएको कारण गार्डको हत्या



वासिङ्टन, (एजेन्सी) । अमेरिकामा एक महिला र उनका पति तथा छोरालाई सुरक्षा गार्डको हत्या गरेको अभियोग लगाइएको छ । तिनीहरुका छोरीलाई मास्क नलगाएको कारण एउटा पसलमा छिराउन नदिएको झोंकमा तिनीहरुले शुक्रबार ४३ वर्षीय काल्भिन मनर्लिनको टाउको पछाडि गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को सबैभन्दा बढी प्रभावित राज्य मिचिगनको फिलन्टस्थित फेमिली डलर स्टोरमा यो घटना घटेको हो । ४५ वर्षीया महिला सर्मल टिगुकी छोरीलाई मास्क नलगाइ पसलमा आउन नसकिने बताएको केही क्षणपछि नै उनका ४४ वर्षीय पति ल्यारी टिगु र २३ वर्षीय छोरा रामोनिया बिसपले सांघातिक आक्रमण गरेका थिए ।

सार्मेल टिगुलाई प्रहरीले पक्राउ गरेको छ भने उनका पति र छोरा अझै फरार रहेका छन् । तर उनकी छोरीलाई भने कुनै पनि अभियोग लगाइएको छैन ।