१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलक्षित नेपालको टिप्पणीः ‘मान्छेहरु गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन्’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । नेकपा (एमाले)लाई लक्षित गर्दै उहाँले त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गर्नुभयो । एमालेभित्र रहेका मानिसहरुले भोगिरहेको र आफूहरु समेत तमासा हेरेर बसिरहेको उहाँको टिप्पणी छ । आफूहरुले शुरु गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानून निर्माणमा तिव्रता दिन नसक्नुको मुख्य दोषि ओली भएको उहाँको आरोप छ । एमाले नेतृत्व पूर्व सहयोगिमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने हो । त्यही हो अनेकौं जटिलताले भरिएको समाज । यो समाजमा रेहका जटिलतालाई बुझ्नुपर्छ । समस्यालाई बुझेर समाधान गर्ने आँट गर्नुपर्छ । त्यसपछि सफलता हासिल हुन्छ । जुन पार्टीबाट हामीले सुरु गरेको हो त्यही पार्टीले इतिहासमा एक पटक मात्रै मौका पायो । २०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाई बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरु के हुन्थ्यो ? संविधान संशोधन गर्नसक्थ्यो, जस्तोसुकै कानून बनाउन सक्थ्यो । तर त्यो भएन । कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ । त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ आँशु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् । दिनदिनै त्यहाँ भएका मान्छेहरुले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौं । कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौं । अब बदला शुरु भएको छ उपेन्द्र यादव, प्रभु शाहमाथि । अब बद्ला शुरु हुनेछ प्रचण्डमाथि । कोही बाँकी बच्नेवाला छैनन् ।’

उहाँले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।




भर्खरै