१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलक्षित नेपालको टिप्पणीः ‘मान्छेहरु गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेका छन्’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । नेकपा (एमाले)लाई लक्षित गर्दै उहाँले त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गर्नुभयो । एमालेभित्र रहेका मानिसहरुले भोगिरहेको र आफूहरु समेत तमासा हेरेर बसिरहेको उहाँको टिप्पणी छ । आफूहरुले शुरु गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानून निर्माणमा तिव्रता दिन नसक्नुको मुख्य दोषि ओली भएको उहाँको आरोप छ । एमाले नेतृत्व पूर्व सहयोगिमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने हो । त्यही हो अनेकौं जटिलताले भरिएको समाज । यो समाजमा रेहका जटिलतालाई बुझ्नुपर्छ । समस्यालाई बुझेर समाधान गर्ने आँट गर्नुपर्छ । त्यसपछि सफलता हासिल हुन्छ । जुन पार्टीबाट हामीले सुरु गरेको हो त्यही पार्टीले इतिहासमा एक पटक मात्रै मौका पायो । २०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाई बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरु के हुन्थ्यो ? संविधान संशोधन गर्नसक्थ्यो, जस्तोसुकै कानून बनाउन सक्थ्यो । तर त्यो भएन । कम्युनिष्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ । त्यहाँ बसिरहेका मान्छे गहभरी आँसु बोकेर कहाँ आँशु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् । दिनदिनै त्यहाँ भएका मान्छेहरुले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौं । कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौं । अब बदला शुरु भएको छ उपेन्द्र यादव, प्रभु शाहमाथि । अब बद्ला शुरु हुनेछ प्रचण्डमाथि । कोही बाँकी बच्नेवाला छैनन् ।’

उहाँले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।