१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारू समुदायको इतिहास, संस्कृति जोगाउन विशेष वा स्वायत्त क्षेत्र दिनुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

त्रिवेणी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशको नवलपुरमा थारू समुदाय रहेको भए पनि यो जनसङ्ख्याले यहाँबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व हुने सम्भावना असम्भवजस्तै भएको बताउनुभयो ।

“थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ, प्रदेशको हिसाबले निकै थोरै थारूको समुदाय रहेकाले यो जनसङ्ख्याले कहिल्यै पनि प्रदेश र सङ्घमा यहाँबाट प्रतिनिधित्व असम्भव जस्तै छ । त्यसको एउटा मात्र उपाय गण्डकी प्रदेशभित्र एउटा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र थारूहरूका लागि दिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अनिमात्र थारूहरूको पहिचान, संस्कृति इतिहासको प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन सकिन्छ । यस विषयमा सामूहिक ढङ्गले आवाज उठाउन जरुरी छ ।”

अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरूको ठिकसँग कार्यान्वयन हुन नसकेको बताउनुभयो । संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भए पनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म दलित, महिला, आदिवासी जनजाति, मजदुर किसानको प्रतिनिधित्व क्रान्तिकारी आन्दोलन र जनआन्दोलनको बलमा भएको बताउँदै थारू समुदायका बाँकी पहिचान अधिकार स्थापित गर्न आफू लागिरहने बताउनुभयो ।