२१ श्रावण २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उहाँले ४८औँ प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गर्नुभयो ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।”