काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोपमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका पाँडे बुधबार साइबर ब्युरो पुगेका थिए ।
उनको त्यसदिन बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
उनीविरूद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्। उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो ।










