६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ
अ+ अ-

धरान । सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ६५० पुरुष र ४५ महिला रहेका छन् । सोही अवधिमा लागुऔषधसम्बन्धी ४६० मुद्दा दर्ता भएका छन् । प्रहरीले उक्त अवधिमा १४ हजार ५०१ केजी गाँजा, ७३८ ग्राम ४२८ मिलिग्राम ब्राउन सुगर, तथा चार लाख २८ हजार २९७ थान विभिन्न किसिमका ट्याब्लेट र क्याप्सुल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार चालु आव २०८२/८३ को साउन महिनामा मात्रै लागुऔषधसम्बन्धी ६६ मुद्दा दर्ता भएकामा १०३ पुरुष र आठ महिलालाई पक्राउ गरिएको छ । यस अवधिमा दुई हजार ३३१ केजी लागुऔषध गाँजा र ४२९ ग्राम ८९५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता खतिवडाका अनुसार पक्राउपर्नेमा अधिकांश युवा रहेका छन् । अघिल्लो आव २०८०/८१ मा २४१ मुद्दामा ३७६ पुरुष र ३३ महिला गरी ४०९ जना पक्राउ परेका थिए । पछिल्ला तथ्याङ्कले लागुऔषध कारोबारमा संलग्न हुने सङ्ख्या बर्सेनि बढिरहेको देखाएको छ ।

प्रहरीका अनुसार लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न हुनेमा प्रायः ज्याला मजदुरी गर्ने तथा बेरोजगार युवा बढी छन् । उमेर समूहअनुसार १९ देखि ३५ वर्ष उमेरका युवाको संलग्नता सबैभन्दा बढी देखिएको छ । अघिल्ला तीन आवमा यसै समूहका ९२० जना पक्राउ परेका थिए भने १८ वर्षभन्दा कम उमेरका २७ जना, ३५ देखि ५० उमेर समूहका २२८ जना र ५० वर्षमाथिका ४० जना पक्राउ परेका थिए ।

प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले युवालाई लक्षित गरी विद्यालय, समुदाय र सार्वजनिक स्थलमा लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

धरान उपमहानगरपालिकाले पनि लागुऔषधविरुद्ध प्रत्येक शुक्रबार सचेतना अभियान सञ्चालन गर्दै आएको छ । नगरप्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ ।