४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन थप्नेबारे मन्त्रिपरिषदले निर्णय गर्ने



अ+ अ-

आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘बैठक बस्दै छ, विभिन्न विषयमा निर्णय होला,’ थापाले भने। बैठकले लकडाउन थपको निर्णय गर्ने सम्भावना छ।

आजको बैठकले लकडाउन पुनः थप गर्ने सम्भावना छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने सम्भावना रहेको स्रोतले जनाएको छ।

सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको छ। नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।