काठमाडौँ । मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकिएको छ ।
निर्वाचन आयोगले कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको मिति तोकेको हो ।
सो क्षेत्रका प्रतिनिधि राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।
गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले उनलाई पदमुक्त हुनेगरी फैसला सुनाएको थियो ।









