१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमण र लिपुलेकबारे प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्नुहुने भएको छ ।

भोलि चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने भेटवार्ता र नेपाली भूमि लिपुलेकका विषयबारे संसद्लाई जानकारी दिनुहुने छ ।

सिंहदरबारमा हिजो प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताउनुभएको थियो ।

ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताउनुभएको छ ।