६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै



अ+ अ-

सिरहा।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले सन् २०२५ डिसेम्बर ३१ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जनाएको छ ।

पाँच सय मिटर लम्बाइको ओभरपासमा २४ वटा ‘पाइल’ राखिसकिएको छ । उक्त संरचना छ मिटर उचाइमा निर्माण हुने बताइएको छ ।

आयोजनाका प्राविधिक शाखाका सूचना अधिकारी सरोज कोइरालाले भन्नुभयो, “यो संरचना निर्माणपछि पूर्वपश्चिम तर्फ सवारीसाधन ओभरपासबाटै गुड्नेछन् भने उत्तर—दक्षिण तर्फका सवारीसाधन मुनिबाट क्रस हुने व्यवस्था मिलाइनेछ ।”

सोही योजनाअन्तर्गत लहान चोकमासमेत अर्को ओभरपास निर्माण सुरु भइसकेको छ । विद्युत् पोल नसरिएकाले त्यहाँ केही प्राविधिक समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डमा हालसम्म ६६.५० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।