२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिपञ्चमी पर्व मनाइँदै (तस्बिरहरु )



अ+ अ-

काठमाडौँ। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदैछ ।

आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । काठमाडौंको ऋषेश्वर, मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरुको भीड लागेको छ ।

महिलाहरुले रजश्वला भएको बेलामा अन्जानमा गरेका गल्तीको पाप नलागोस् भन्ने मनशायले सप्त ऋषिसहित वशिष्ठ पत्नी अरुन्धतीको पूजा गर्ने परम्परा छ । सप्त ऋषिहरुको व्रतोपासनपछि रजश्वला भएको बेलामा गरेका गल्तीहरुको पाप नलाग्ने विश्वासका साथ मनाइने यो पर्व प्रतिपदा तिथीबाट शुरु भइ पञ्चमीसम्म मनाइने गरिन्छ ।

महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने गर्दछन् ।




भर्खरै