५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक: प्रधानमन्‍त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले विश्व शान्तिको चाहनामा तड्पिरहेको समयमा बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएको उल्लेख गरेका हुन्। ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन्। 

'आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको छ। संक्रमितहरुको संख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ। ', शुभकामना सन्देशमा भनिएको छ, 'यस दुःखद घडीमा म कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। र, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु।' उनले आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको उल्लेख गरेका छन्। संक्रमितहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण एवम् संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सन्देशमा भनिएको छ, 'सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन। तर, भयावह हुनसक्ने लक्षणहरु छन्। यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ। त्यसकारण हामी सजग हुनु जरुरी छ।' आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त  गरेको र महापरिनिर्वाण गरेको दिन, एकै दिन र एकै तिथिमा परेको हुनाले बुद्ध जयन्ती भनेर मनाउने गरेको ओलीले स्मरण गरेका छन्।

'संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ। ' बैशाख डे जसरी धुमधामसँग विश्वव्यापी रुपमा मनाइने गरिन्थ्यो, विश्वस्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रुपमा मनाउन सकिने अवस्था रहेनु, प्रधानमन्त्री ओलीले भनेका छन्, 'फेरि पनि यस अवसरमा म महामानव, जसलाई मानव जातिले भगवान बुद्धका रुपमा मान्ने गरेको छ,  उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धासुमन अर्पण गर्न चाहन्छु।'

नेकपा अध्यक्षसमेत रहेका ओलीले केही दिन अघि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भएको स्मरण गर्दै उनीहरुप्रति श्रद्धासुमन अर्पण गरेका छन्। अन्नपुर्णपोष्ट दैनिक