४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

हर्ट अट्याकबाट अन्तिम अवस्थामा पुगेका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार

हर्ट अट्याकबाट अन्तिम अवस्थामा पुगेका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार
अ+ अ-

काठमाडौं । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका एक बिरामीलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाएका छन् । मुटु रोगको उपचारका लागि नेपालकै प्रख्यात शहीद गंगालाल ह्दय केन्द्रमा समेत पुगेका काभ्रेपलाञ्चोक घर भएका विजय तामाङको नेपाल मेडिकल कलेजका मुटु रोग विशेषज्ञ डाक्टर अर्जुन बुढाथोकी नेतृत्वको टीमले ज्यान बचाएको हो ।

लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गते अगाडी देखि नै गाउँमा स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । स्वासप्रस्वास र मुटुमा समस्या देखिएपछि सुरुमा उनलाई पाटन अस्पताल लगिएको र त्यहाँ विद्युतीय झड्का दिएर अनियमित मुटुको धडकनलाई सामान्य बनाउने कोशिष गरिएको थियो । तर, पाटनमा भेन्टिलेटर र आइसियू खाली नहुँदा तत्कालै गंगालाल ह्दय रोग केन्द्रमा रेफर गरिएपनि त्यहाँ समेत भेन्टिलेटर र आइसियू नपाउँदा उनका आफन्तले थापाथली स्थित एक निजी अस्पताल पुर्याएका थिए । यद्यपि, गाउँको सामान्य खेती किसानी गरेर जिविकोपार्जन गरेर बसेका तामाङ परिवारले निजी अस्पतालको खर्च धान्न सक्ने अवस्था भएन । त्यसपछि उनलाई तत्कालै नेपाल मेडिकल कलेज ल्याइएको थियो ।

‘उहाँ साउन २७ गते नेपाल मेडिकल कलेजमा आउनु भएको हो । यहाँ आउँदा उहाँको बाच्ने चान्स २० प्रतिशत मात्रै रहेछ, मैले २८ गते बिहान हेर्दा उहाँको स्वास्थ्यवस्था अत्यन्त जटिल बनिसकेको थियो । तथापि, हामीले मुटुको औषधीहरु सूचारु गरेका थियौं, मिर्गौलामा पनि समस्या थियो, हामी हारेका थिएनौं, बचाउन सकिन्छ कि भनेर उपचार थाल्यौं । बिरामीका आफन्तलाई पनि सोही अनुसार परामर्श गरेर क्रमसः केही दिन आइसियूमै राखेर उपचार गरेपछि क्रमिकरुपमा उहाँको स्वास्थ्यमा सुधार हुँदैगयो ।’ मुटु रोग विशेषज्ञ डाक्टर बुढाथोकीले भन्नुभयो । डा. बुढाथोकीका अनुसार बिरामीलाई यसविच २ पटक डायलाइसिस समेत गर्नुपरेको थियो । लगातार १० दिनसम्मको उपचारपछि अस्पतालले तामाङलाई डिस्चार्ज गरिसकेको छ ।

सघन उपचारपछि ज्यान बचेकोमा बिरामी बिजय तामाङले आइन्दा रक्सी सेवन नगर्ने प्रतिबद्धता मात्र जनाएनन् मृत्युको मुखबाट आफुलाई बचाएर ल्याएकोमा नेपाल मेडिकल कलेजका चिकित्सक, नर्सहरुलाई समेत धन्यवाद दिए । ‘बाँच्छु भन्ने लागेकै थिएन, यहाँहरुले मृत्युको मुखबाट मलाई निकाल्नु भयो । अब रक्सी खाँदिन ।’ अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा बिजयले भने ।

यसअघि वीर अस्पताल, गंगालाल ह्दय केन्द्रमा मुटु रोग शिवेषज्ञका रुपमा काम गरिसक्नु भएका डा. अर्जुन बुढाथोकीले ब्लड प्रेसर, सुगर भएका मद्यपान, धुम्रपान गर्ने, शारीरिक ब्यायामहरु नगर्ने, चिल्लो बढी खानेहरुलाई मुटुको रोग लाग्ने संभावना अत्याधिक हुने बताउनु भयो । त्यसो त मुटु रोग जन्मजातै र बयस्क भएपछि आर्जन गरेर हुन्छ । ‘मुटुरोग २ प्रकारका हुन्छन्, एउटा जन्मजातै र अर्को बयस्क भएपछि । यी दुबैको उपचार हुन्छ । बयस्क अवस्थामा धुम्रपान तथा मद्यपान नगर्ने, अत्याधिक चिल्लोयुक्त खानपान नगर्ने, नियमित रुपमा शारीरिक ब्यायाम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।’ डा. बुढाथोकी भन्नुहुन्छ ।

नेपाल मेडिकल कलेजले केही समयभित्रै मुटुरोगको उपचारका लागि अत्याधुनिक क्याथल्याब स्थापना गर्दैछ । कलेजको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै चिकित्सा विज्ञानमा भित्रिएका नविनतम उपचार विधि र उपकरणहरु भित्र्याउने लक्ष्य लिइएको कलेज प्रशासनले जनाएको छ ।