२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि महर प्रहरीमा उपस्थित भएका हुन् ।

बझाङ निवासी रश्मिला धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा जाहेरी दिएकी थिइन् । त्यसपछि काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

महर प्रहरीमा उपस्थित भएपछि उनलाई हिरासतमा लिईएका ेसाइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकरी दिए ।