काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
बझाङ निवासी रश्मिला धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा जाहेरी दिएकी थिइन् । उनको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।











