१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अधिवेशनमा व्यस्त रहेको एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । 

प्रमुख विपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेको हो । 

जसअनुसार पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसअघि आठौं महाधिवेशनका कारण माओवादीले गरेको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दै आइरहेको एमालेले पुस २३ गतेदेखि देशैभर जिल्ला अधिवेशन गर्दैछ ।